१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा नेपाली तेक्वान्दो खेलाडीलाई कास्य पदक

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार १५:५२

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पहिलो दिन भेट्रानतर्फ ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका लक्ष्मण बस्नेतको ले आएरल्याण्ड का खेलाडीसंग ५-२ ले जित हासिल गरेका थिए भने दोश्रो दिन भएको सेमिफाइनलमा पोल्याण्डसंग २ बाउट खेलेर ४-२ ले पराजीत भएर तेश्रो स्थान कास्य पदक मै चित्त बुझाउनु पर्यो । प्रतियोगितामा नेपालबाट ४ खेलाडीको प्रतिनिधित्व छ।
लक्ष्मण तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्रा्स्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्रीका भूमिका पनि निर्वाह गरदै छन्। लक्ष्मण बस्नेत भने आइटीएफ तेक्वान्दोमा नेपाललाई पहिलोपटक अन्तर्रा्स्ट्रिय पदक भित्र्याउने खेलाडी हुन्, उनले सन् २००४ को मलेशिया ओपनमा कास्य पदक जितेका थिए ।
नेपालका अन्य खेलाडीहरु स्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेतको खेलहरु सुक्रबार हुने छन् । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए उनले १४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै यसअघि सन् २०१० मा युकेमा भएको विश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागी भइसकेका घनश्याम आचार्य खत्रीले सिनियरतर्फ ५४ केजिमुनी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन ।