१३ बैशाख २०८१, बिहीबार
Follow Us

युवतीमाथि सामूहिक बलात्कार

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १०:०९

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८:३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई गएराति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र भने पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताउनुभयो ।
सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ ।
प्रहरीले ती युवतीको उद्धार र दोषीलाई पक्राउ गरेपछि आरोपीहरुका तर्फबाट प्रहरी चौकीमा ढुङ्गामुढा भएकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायरका साथै गोलीसमेत चलाउनुपरेको थियो ।
आफ्नै निजी व्यावसाय गर्दै आएकी ती युवती बलात्कृत भएपछि दोषीउपर कानुनी कारबाहीको माग गर्दै औरही उद्योग वाणिज्य सङ्घले आज बिहान १० देखि १ बजेसम्म तीन घन्टा जलेश्वर–बर्दिबास सडकखण्डमा चक्काजाम गरेको छ ।