१३ बैशाख २०८१, बिहीबार
Follow Us

असन्तुष्ट राजपालाई सहमतिमा ल्याउन संवाद जारी राखिने

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १४:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो ।

सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यस्तै छलफलमा मन्त्रिपरिषद् विस्तार र सरकारका अन्य काम कारबाहीका विषयमा समेत कुराकानी भएको थियो ।