१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्रिटिश सेनामा भर्ती भएको स्वर्ण जयन्ती मनाईंदै

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १७:२५

पचास वर्ष अघि ब्रिटिश सेनामा भर्ती भएका र हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुले स्वर्ण जयन्ती समारोह आयोजना गर्न लागेका छन्। “इन्टेक १९६७ मा रिक्रुट भएका नम्बरी साथीहरुको ऐतिहासिक भेटघाट तथा विचार आदानप्रदानकालागि यो कार्यक्रम आायोजना गर्न लागिएको हो,” भेलाका एकजना आयोजक उदय गुरुङले भने।

“५० वर्ष भनेको एक जुग हा। त्यसैले सपरिवार भेटघाट, चिनजान गरी भलाकुसारी गर्न यो भेला हुनगैरहेको छ,” अर्का आयोजक रामबहादुर लामाले भन्नुभयो।

अल्डरशटस्थित निरमाया रोधीघरमा शुक्रबार २३ जुन, २०१७ का दिन बिहान १० बजेदेखि राती १० बजेसम्म आयोजना गरिने विेशेष कार्यक्रममा नेपाली कलाकारहरुद्वारा गायन तथा नाचको कार्यक्रम पनि राखिएको छ।

उदय गुरुङले १९६७ मा भर्ती भएका १२० जना भूतपूर्व गोर्खाहरु अहिलेसम्म आफ्नेा सम्पर्कमा आइसकेको र अन्यलाई पनि यथाशिघ्र आफ्नो आर्मी नंबर, नाम र संख्या सहित सम्पर्क राख्‍न आग्रह गर्नुभयो।

बेलायतमा आयोजना हुन लागेको यस किसिमको पहिलो कार्यक्रमलाई सफल पार्न सघाउन उहाँले सबैलाई अनुरोध पनि गर्नुभयो।