१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिमा वसन्त नेपाल

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १७:२७

लन्डन । प्रवासी नेपाली मञ्च बेलायत उत्तर पश्चिम समितिको वार्षिक अधिवेशनले नयां नेतृत्व चयन गरेको छ ।
समितिका अध्यक्ष वसन्त नेपालको अध्यक्षता, प्रवास जिल्ला अध्यक्ष रामशरण सिम्खडाको प्रमुख आतिथ्य एवं संस्थापक अध्यक्ष 
आंगकल्जंग लामाको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले अर्जुन चापागाईंको अध्यक्षतामा नयां समिति चुनेको हो । समितिमा मिलन केसी उपाध्यक्ष, गंगा केसी सचिब, गणेश अधिकारी कोषाध्यक्ष तथा सदस्यहरुमा दिनेश थापा, वृख सांवा र बिनोद केसी छानिएका छन् । अधिवेशनले चार सदस्यीय सल्लाहकारहरुमा कृष्ण तिवारी, वसन्त नेपाल, उमेशराज मोक्तान र विमला सुब्वाको नाम पनि अनुमोदन गरेको छ ।

नर्थ हयारोस्थित सरस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष वसन्त नेपालले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिए । नव निर्वाचित कार्यसमितिको 
अनौपचारिक बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ ।