११ बैशाख २०८१, मंगलवार
Follow Us

थाइल्याण्डको सनातन मन्दिरमा रक्तदान

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १७:३६

थाइल्याण्ड । थाइल्याण्डमा रहेका नेपाली समूदायले रक्तदान गरेका छन् । थाई नेपाली संघ फूकेटले स्वर्गिय महाराज भूमीबोल अतुल्यतेजको पुण्य स्मृतीमा फूकेट स्थित श्री भगवतधाम सनातन मन्दिरमा सोमवार सामूहिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा ८६ जना फूकेट निवासी नेपालीहरूले रक्तदान गरेका थिए ।
सो संस्थाले प्रत्येक बर्ष यसरी नै सामूहिक रक्तदान आयोजना गर्दै आएको छ।