१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मधेस, थरुहट र लिम्बुबानमा राजपाको बन्द

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०५:४९

काठमाडौं । निर्वाचनमा सहभागी नहुने र आन्दोलनमा जाने घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आजवाट गरेको मधेस, थरुहट र लिम्बुबान बन्द तथा आम हडतालले तराइको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
निर्वाचनमा सहभागी नहुने र आन्दोलनमा जाने राजपाको घोषणापछि आजवाट उसले तराइ केन्द्रित आन्दोलन शुरु गरेको छ । राजपा कार्यकर्ताहरुले विहानैदेखि तराइका जिल्लमा प्रदर्शन शुरु गरेका छन् ।
आम हडताल आब्हानका कारण विहानैदेखि ति क्षेत्रका सवारीका साधन चलेका छैनन् । उद्योग कलकारखाना पनि बन्द छन् । आम हडतालका क्रमम कुनै अप्रिय घटना नहोस भनेर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राजपा नेताहरुले चुनावको तिथि सारेर माग सम्बोधन नगरेसम्म प्रतिरोधात्मक आन्दोलन जारी रहने बताएका छन् । राजपाले सोमबारदेखि असार १४ सम्मको १७ दिन लामो बन्द आमहडताल, लाठी जुलुस, निर्वाचन र निर्वाचन सम्बद्ध कार्यालय घेराउलगायत विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।