६ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रेक्जिट असर, लोयड्स ब्यान्कका दुई सय ब्रान्च बन्द हुने

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार १९:२१

बेलायत सरकारको आंशिक स्वामित्व रहेको ब्यान्किंग ग्रुप लोयड्सले बेलायत इयुबाट अलग्गिने निर्णयले भित्रयाएको अनिश्चिततालाई संबोधन गर्न आफ्ना दुई सय शाखा बन्द गर्ने भएको छ । यसबाट तीन हजार रोजगारी कटौती हुनेछ ।
उसले यसअघि नै २०१४ बाट सुरु गरेको सुधार योजना अन्तर्गत हजारौं रोजगारी कटौती गरिसकेको छ । यसअघि पनि झन्डै २०० अन्य शाखा बन्द गर्ने तयारी भई सकेको थियो ।