१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बुढिगण्डकी किन चीनलाई दिइयो ?

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०५:५५

काठमाडौं । बुढिगण्डकी किन चीनलाई दिइयो भन्ने प्रश्न नया“शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईको हो । उनले यसरी प्रश्न गर्नुमा अन्य आयोजनाहरु किन भारतलाई दिइयो भनेर कहिल्यै उठान गरेनन् । बाबुरामले बुढिगण्डकी आयोजनामा सरकारले राष्ट्रघात गरेको दावी पनि गरेका छन् । पत्रकार सम्मेलन गरेर बाबुरामले दावी गरे– बुढिगण्डकी चिनिया कम्पनीलाई दिनु राष्ट्रहित विपरित हो ।
यो आयोजना विकास सम्बन्धमा ऊर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनीसग समझदारीपत्र हुनु गलत छ र कुनियतपूर्ण तरिकाले गरिएको छ । बाबुरामले केही समययता केही प्रमुख दल र नेताहरुको मिलेमतोमा गम्भीर प्रकृतिका अनियमितता, भ्रष्टाचार, विधिको शासनको उल्लंघन, राष्ट्रहित विपरितका गतिविधिहरु भइरहेको सन्दर्भमा सबै सरोकारवाला पक्षहरु र नागरिकहरुसग बुढीगण्डकी परियोजना प्रकरणलाई गम्भीर ढंगले ग्रहण गर्न र यसका त्रुटिहरुलाई सच्याएर नेपालीहरुकै बलबुतामा यथाशीघ्र निर्माण गर्ने परिस्थिति सिर्जना गर्न हार्दिक आग्रह गर्दछ भनेर वक्तव्य पनि प्रकाशित गरेका छन् ।