४ बैशाख २०८१, मंगलवार
Follow Us

भरतपुरको निर्वाचन आज फैसला हुने

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०५:५७

काठमाडौं । सर्वोच्च अदालतले नभ्याएको नाममा था“ती राखेको भरतपुर महानगरको मतगणना प्रकरण के हुन्छ ? पुनः मतदान हुन्छ कि मतगणना ? यसबारेमा आज फैसला हु“दैछ । ९० मतपत्र च्यातिएको विवादको टुंगो लागेपछि पहिलो चरणको निर्वाचन सम्पन्न हुनेछ । न्यायाधीशद्वय प्रकाश राउत र विश्वम्भर श्रेष्ठको इजलासले मुद्दा पर सारेको थियो, आज फैसला हुने पेशी तोकिएको छ ।
निर्वाचन आयोगले भरतपुर महानगरक १९ वडाको पुनः मतदान गर्ने आदेश दिएपछि सर्वोच्चमा मुद्दा परेको हो । न्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल पुन मतदानको प्रकृया अघि नबढाउनु भन्ने आदेश दिएपछि भरतपुरको मतगणनास्थललाई शिल गरेर राखिएको छ ।
भरतपुरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच चुनावी टक्कर छ । आमधारणा छ– रेणुलाई जिताउनकै लागि सत्ता र शक्तिको दुरुपयोग भइरहेको हो । यद्यपि अदालतप्रति विश्वास भएकाले आज हुने निर्णय जनभावनाअनुकूल र असार १४ मा हुने निर्वाचन र मतगणनामा समस्या नथपिने गरी फैसला हुने बताइएको छ ।