१३ बैशाख २०८१, बिहीबार
Follow Us

अस्ट्रियामा आदीबासी जनजातीको भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०९:००

मनि राज थेबे । अस्ट्रिया ।

११ जुन आइतवारको दिन नेपाली आदीबासी जनजाती एकता समाज अस्ट्रियाद्वारा राजधानी भिएन्नाको दोनाऊ टापुमा भब्य बनभोजको आयोजना गरियो। राजधानी वरपरका शहरहरुबाट समेत नेपालीहरु कार्यक्रममा उपस्थित भएका थिए। आयोजक संस्थाका अध्यक्ष श्री भुपेन्द्र गुरुङ्गका अनुसार लगभग २०० हाराहारीमा नेपालीहरुले कार्यक्रममा उपस्थित भएर भरपुर मनोरंजन लिएका थिए। गुरुङका अनुसार आउँदो महिनामा हुन गईरहेको एन आर एन अस्ट्रियाको चुनावी माहोलको कारणले पनि कार्यक्रममा नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो र कार्यक्रम नियमित भए पनि यसपटक भने अलि कति भए पनि नेपालीहरुको दैनिक व्यस्त जीवन र चुनावी तनावबाट अलग मनोरंजन र भेट घाटको बातावरण सृजना गर्नको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो।

नेपाली लोक संगीत र मादलको धुन त्यसमाथि गीतार र कङ्गोको समिश्रणले दोनाउ टापू स्थित बनभोज स्थल नेपाली संगीतमय भएको थियो। बनभोज मनाउन आएका अन्य देशका नागरिक र स्थानीय नागरिकहरुले खचाखच भरिएको दोनाउ टापुमा नेपाली समाजको समुहले सबैको ध्यानाकार्षण गरेको थियो।

कार्यक्रमको अर्को रोचक पक्ष रहेको थियो रमाईलो मनोरन्जनात्मक डोरी तान्ने खेल। नेपाली पुरुष, महिला लगायत अन्य बिदेशी नागरिकहरुको समेत सहभागिता भएको खेलले वर परका सबै मानिसहरुलाई समेत मनोरंजन प्रदान गरेको थियो।

कार्यक्रम सफल भएकोमा हर्षित हुँदै अध्यक्ष गुरुङ्गले भन्नु भयो लगत्तै अर्को महिना हाम्रो संस्था नेपाली आदीबासी जनजाती एकता समाज अस्ट्रियाले महिला र पुरुषहरुको भलिबल प्रतियोगिताको पनि आयोजना गर्दैछ। स्मरण रहोस, संस्थाले हरेक साल भलिबल प्रतियोगिता, बनभोज कार्यक्रम र लोह्सार जस्ता कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ।