१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष पन्तसंग रसियामा अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार १२:१०

लन्डन–गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालको आर्थिक सम्वृद्धिमा गैरआवासीय नेपालीको पूँजी परिचालन महत्वपूर्ण हुने बताएका छन्। रसियाको मस्कमो आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वभरि छरिएर रहेका नेपालीले आर्जन गरेको पूँजी (ज्ञान, सीप र धन) को परिचालनबाट नेपालले ठोस रुपमा आर्थिक फड्को मार्न सक्ने बताए।

‘आफ्नै भवन, शंखमुलको पार्क एवं भूकम्पको केन्द्र लाप्राकमा निर्माण भइरहेको एकीकृत बस्ती सबै तपाइँहरुजस्ता गैरआवासीय नेपालीको योगदानको परिणाम हो’, उनले भने।
श्वभरि छरिएर रहेका नेपालीलाई एउटै मालामा जोड्न गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। रुसका गैरआवासीय नेपालीले नेपालमा लगानी गरेको उदाहरण दिँदै उनले खाडी र मलेसियाजस्ता देशका गैरआवासीय नेपालीले सामुहिक फन्ड बनाएर नेपालमा लगानी गर्न सक्ने उल्लेख गरे।

नेपालमा थप लगानी आवश्यक रहेको औंल्याउँदै उनले विधागत रुपमा हाँसिल गरेको दक्षता पनि राष्ट्रको लागि ठूलो पूँजी भएको उल्लेख गरे।

वैदेशीक लगानीमा दक्ष जनशक्तिको खाँचो रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई दक्ष बनाउन छुट्टै नयाँ कार्यक्रम ल्याउनुपर्ने औंल्याए।

आगामी निर्वाचनका लागि अध्यक्ष प्रत्यासीको रुपमा हेरिएका उनले शंखमुलको बागमती किनारमा ३२ रोपनी जग्गामा दुई करोड रुपैयाँको लगातमा बगैँचा निर्माण, भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एक हजार घरसहितको नमुना बस्ती निर्माण तथा एनआरएनएको आफ्नै भवन निर्माण कार्य भइरहेको जानकारी दिए।

‘आफ्नै भवन, शंखमुलको पार्क एवं भूकम्पको केन्द्र लाप्राकमा निर्माण भइरहेको एकीकृत बस्ती सबै तपाइँहरुजस्ता गैरआवासीय नेपालीको योगदानको परिणाम हो’, उनले भने।

गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष दीननाथ राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पन्तलाई सम्मानित गरिएको थियो। कार्यक्रममा रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघका महासचिव डा.बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, गोविन्द गौतम, मणि पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

गैरआवासीय नेपाली संघ रुसका महासचिव डा. मनमुर्ति भुर्तेलद्वारा सन्चालित कार्यक्रममा उपस्थितहरुले उपाध्यक्ष पन्तसँग गैरआवासीय नेपाली संघका गतिविधिबारे सवाल राखेका थिए।