८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेको सदस्यता अब अनलाइनबाटै लिन सकिने

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार १५:५०

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्बरमा सम्पन्न हुने सातौं राष्ट्रिय महाधिबेशनका लागि अनलाइन सदस्यता खुल्ला गरिएको छ । आगामी दुई बर्षका लागि नयाँ कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन् र मतदान अनिवार्य सदस्यता लिनु पर्ने प्रावधान छ ।

गैरआवासीय नेपाली संघ यूकेका प्रवक्ता खुशी लिम्बुले मंगलवार एक विज्ञप्तिजारी गर्दै समयभित्रै गैरआवासीय नेपाली संघ बेलायतको पञ्जिकृत सदस्यता लिएर वा नविकरण गरेर महाधिबेशनलाई सफल पार्न अपील गरेका छन् ।

विज्ञप्तिमा महाधिबेशनमा भाग लिएर नयाँ कार्यसमिति छनौट गर्न वा उम्मेद्वार बन्नका लागि योग्य हुन यहाँहरुले अगस्ट ६ तारिखभित्रमा पञ्जिकृत सदस्यता लिइसकेको वा नविकरण गरिक्न आग्रह गरिएको छ ।

[democracy id=”7″]

एनआरएन यूकेको विज्ञप्ति जस्ताको तस्तैं
गैर-आवासीय नेपाली संघ बेलायतको सातौं राष्ट्रिय महाधिबेशन आगामी ९ सेप्टेम्बर २०१७ का दिन सम्पन्न हुन गइरहेको छ । महाधिबेशनमा साधारण सभा र आगामी दुई बर्षका लागि नयाँ कार्यसमितिको चयन हुने हुनेछ । महाधिवेशनलाई सफल पार्दै एनआरएनए अभियानलाई अरु उचाईमा लैजानका लागि बेलायतवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा गैर-आवासीय नेपाली संघ बेलायत हार्दिक बिनम्र अनुरोध गदर्छ ।

उपरोक्त दिनमा नयाँ कार्यसमितिको छनौट गर्न बिधिबिधान बमोजिम पञ्जिकृत सदस्यहरुको अत्याधिक उपस्थित पनि जरुरी भएको हुँदा बेलायतवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई समयभित्रै गैर-आवासीय नेपाली संघ बेलायतको पञ्जिकृत सदस्यता लिएर वा नविकरण गरेर महाधिबेशनलाई सफल पारिदिनहुन संघ हार्दिक अपिल गर्दछ ।

महाधिबेशनमा भाग लिएर नयाँ कार्यसमिति छनौट गर्न वा उम्मेद्वार बन्नका लागि योग्य हुन यहाँहरुले अगस्ट ६ तारिखभित्रमा पञ्जिकृत सदस्यता लिइसकेको वा नविकरण गरिसकेको हुनपर्नेछ । अगस्ट ७ तारिख वा त्यसपछि पञ्जिकृत वा नविकृत सदस्यजनहरुले महाधिबेशनमा भाग लिन पाउने तर चुनावी प्रक्रियामा सामेल हुन योग्य नहुने कुरा संघ नम्र जानकारी गराउँदछ ।

गैर-आवासीय नेपाली संघले पञ्जिकृत सदस्य हुन यहाँहरुलाई पूर्व जानकारी भए बमोजिम यस पटकलाई सदस्यता शुल्क २५ पाउण्ड तोकेको छ । सदस्यता शुल्कको २५ पाउण्ड मध्ये १० पाउण्ड बालुवाटारमा निर्माणाधिन एनआरएन बिल्डिङ परियोजनाको सहयोगार्थ नेपाल पठाइनेछ । यसबाट झण्डै ३३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनप्रति तपाईंहरुमा पनि स्वामित्वको भावना रहने र यस ऐतिहासिक कार्यप्रति तपाईंहरुलाई ऐक्यबद्धता र गौरवको अुनुभूति हुने कुरामा संघले विस्वास राखेको छ ।

एनआरएनए आइसीसीको निर्देशन बमोजिम विश्वभरका सबै एनआरएनएहरुले त्यसो गरिरहेका छन् जुन केवल यस पटकलाई मात्र हो । आफ्नै संस्था एनआरएनए यूकेको सदस्य बन्न यस पटकलाई २५ पाउण्ड शुल्क तोक्न परेकोमा संघ गम्भिर छ र भबिष्यमा सदस्यता शुल्क पुन १५ पाउण्ड नै रहने प्रतिज्ञा जाहेर गर्दछ ।

एनआरएनए यूकेले बिगतमा आफ्नो पञ्जिकृत सदस्यता बितरण गर्दा कागजका फारम प्रयोग गर्दैआएकोमा समय सापेक्ष यहाँहरुको चाहना र वर्तमान कार्यसमितिको प्रतिबद्धता बमोजिम आइसीसीको सहयोग र निर्देशनमा प्रथम, पटक अनलाईन मेम्बरशीप रजिष्टे्रशन सिस्टम (इन्टरनेटमार्फत सदस्यता दर्ता गरिने प्रणाली) तत्काल शुरुभएको ब्यहोरा अवगत गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

अन्तमा, एनआरएनए यूकेको निर्वाचन तोकिएको समयभित्र, निश्पक्ष र सुचारु रुपले सम्पन्न गर्न डा. चन्द्र लक्सम्बाज्यूको संयोजकत्वमा एनआरएनए यूकेको सात सदस्यीय निर्वाचन समिति निर्माण भइसकेको र उक्त समितिले उचित समयमा निर्वाचन सम्बन्धि सूचनाहरु प्रसार गर्ने ब्यहोरा संघ जानकारी गराउँदछ ।

सदस्यता दर्ता वा नविकरण सम्बन्धमा बिस्तृत जानकारी चाहिएमा कृपया एनआरएनए यूकेका पदाधिकारी र सदस्यहरुलाई सम्पर्क गर्नहुन संघ हार्दिक बिनम्र अनुरोध गर्दछ ।

– गैरआवासीय नेपाली संघ, बेलायत