७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्रेटर रशमॊर कम्युनिटीमा निर्वाचनको चर्चा

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार १७:५२

लन्डन । ग्रेटर रशमॊर नेपाली कम्युनिटीको कार्यसमिति बैठकले आगामी २२ जुलाईमा नयाँ नेतृत्वका लागि साधारण सभा गर्ने निर्णय गरेको छ।
वैठकले कार्यसमिति चयन गर्न एकेन्द्र गुरुङको अध्यक्षतामा सह अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम रार्इ र रत्न राइ रहेको एक निर्वाचन समिति गठन गरेको छ ।
उक्त साधारण सभामा सहभागी भइ सभालाई भव्य रुपमा सम्पन्न गर्नको लागि समस्त रशमॊर बासी नेपाली जनसमुदायमा अध्यक्ष एवं ग्रेटर रशमॊर नेपाली कम्युनिटी अनुरोध गरेको छ। सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न इच्छुक व्यक्तिहरुले १५ जुलाई भित्र सदस्यता दिन आग्रह गरिएको छ ।

– जीव बेलवासे