१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लण्डनको २४ तले अपार्टमेन्टमा भीषण आगलागी हुदाँ ३० घाइते ((भिडियो)

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार ०७:४०

लन्डन । पश्चिम लण्डनको वेष्ट केन्सिन्टनस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ। आगलागी भएपछि उक्त भवन भित्र रहेका केही मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुरू भएको थियो।

करिब २ सय अग्नी नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसीका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने आशंका छ।

अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलिसकेको बताएका छन्। उनले बिबिसीसँग भने, ‘भवनको भित्री भागसम्म आगो फैलिएको छ। पूरै भवन नै हल्लिरहेको छ,’ उनले भने,‘ मैले भवनको माथिल्लो तलामा केही मानिसहरू आफ्नो टर्च लाइट बालेर बसिरहेको देखेको छु। यो साह्रै हृदयविदारक दृश्य छ। उनीहरू त्यहाँबाट निस्कन सक्नेछैनन्।’
अहिले सम्म ३० जनाको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । भवनभित्र कति मानिस बस्थे भन्ने अझै स्पष्ट भैसकेको छैन् ।
२४ तला अग्लो उक्त भवनमा १२० वटा अपार्टमेन्ट रहेका छन्।