१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सितापाइलामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार ०८:०४

काठमाडौं । काठमाडौंको सितापाइला चोकमा मेलम्चीको खानोपानी पाईप राख्न खनेको खाल्डो पुर्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ ।
आज बिहान पौने २ बजे डिआई पाइप राख्ने खाल्डो खन्दै गरेका मजुदरहरुको ढिस्कोले पुरिएर ज्यान गएको काठमाडौं महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको हो ।
मृत्यु हुनेमा सप्तरीका १७ वर्षीय सन्तोष दास, सप्तरीकै १७ वर्षीय श्यामसुन्दर राम र पर्वतका ४७ वर्षीय प्रसाद केसी रहेका छन् ।
उनीहरुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । प्रहरीले पाइप बिछ्याउने कार्यका लागि जिम्मा पाएका ठेकेदार कम्पनीका व्यक्तिलाई नियन्त्रणमा लिइ छानविन सुरु गरेको जनाएको छ ।