७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेलले किचिएर तीन नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार १३:५८

विराटनगर । सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिनुभयो ।
प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो । नम्बर ५५७४२ सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो । भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मारिनेहरुको शव परिवारलाई बुझाइएको छ ।