६ बैशाख २०८१, बिहीबार
Follow Us

बाबु छोरा सम्मानित

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार १४:३९

भक्तपुर । भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेण्डरी बोर्डिङ्ग स्कूल भक्तपुरको संयुक्त आयोजनामा तेक्वाण्डो आइटिएफ नेपालका खेलाडीद्वय (बाबुछोरा) लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरिएको छ । तेक्वाण्डो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री समेत रहेका बस्नेतले जुलाई २०१६ मा बेलायतको ब्राइटन शहरमा सम्पन्न भएको १८ औं एडल्ट, सिनियर तथा १३ औ जुनियर आइटिएफ विश्व तेक्वाण्डो च्याम्पियनसीपमा सिनियर व्यक्तिगत स्पाइरिङ्ग तर्फ ६४ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । बस्नेतले क्वाटर फाइनलमा आयरल्याण्डका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा पोल्याण्डका खेलाडिसँग पराजित भएका थिए । बस्नेत तेक्वाण्डो आइटिएफमा नेपालको लागि पहिलो अन्तराष्ट्रिय पदक भित्र्याउने खेलाडी पनि हुन् । उनले सन् २००४ मा सम्पन्न भएको मलेशिया ओपन आटिएफ च्याम्पियनशीपमा काँस्य पदक जित्नु भएको थियो ।
त्यसैगरी सस्मन बस्नेतले सोही प्रतियोगिताको १४।१५ वर्ष उमेर समूहको कलर बेल्ट ६४ केजी तौल समूहमा रजत पदक हात पार्न सफल भएका थिए । सस्मन बस्नेत फाइनलमा वेल्सका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रतियोगितामा नेपालका ४ खेलाडी तथा फोटापत्रकारका रुपमा रजेन्द्र केसी सहभागी भएका थिए । सम्मानित हुने खेलाडीलाई प्रमुख अतिथि ओलम्पियन जीतबहादुर केसीज्यूले सम्मान पत्र वितरण गर्नुभएको थियो ।
त्यसैगरी तेक्वाण्डो आइटिएफ नेपालले प्रशिक्षक गयाजी खड्का र खेल फोटोपत्रकार रजेन्द्र केसीज्यू लाई पनि सम्मान गरेको छ । प्रशिक्षक गयाजी खड्का विगत १० वर्षदेखि निरन्तर सक्रिय रही विभिन्न विद्यालय तथा क्लबहरुमा प्रशिक्षण दिई योगदान पु¥याए बापत सम्मान गरिएको थियो भने रजेन्द्र केसी लाई पनि विगत १० वर्षदेखि विभिन्न मिडियामा फोटोपत्रकारको रुपमा काम गरी तेक्वाण्डो आइटिएफ नेपालको विकास, विस्तार तथा समग्र नेपालको खेलकूदको विकासमा योगदान पु¥याए बापत सम्मान गरिएको छ ।
कार्यक्रममा विद्या विकास इङ्गिलस बोर्डिङ्ग स्कूलका प्रिन्सिपल प्रदिप क्षेत्री ज्यूले स्वागत मन्तव्य दिनुभएको थियो भने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिलिप केसी ज्यूले कार्यक्रमका सभापतित्व गर्नुभएको थियो ।