१५ चैत्र २०८०, बिहीबार
Follow Us

जन प्रगतिशील मन्च युके क्षेत्रीय समिति गठन

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार १४:४८

रेडिङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र युकेद्वारा पार्टी सम्बद्ध जन प्रगतिसिल मन्च युके क्षेत्रीय शाखा रेडिङमा गठन गरेको छ । वेलायतका बिभिन्न १२ ठाउँमा शाखा गठन गर्ने अभियानका क्रममा पहिलो चरणमा दीपक गुरुङको अध्यक्षतामा तीन सदस्य पछि थप्ने गरी १५ सदस्यीय क्षेत्रीय समिति रोडिङमा गठन गरेको हो ।
रेडिङ स्थित स्थानिय बेजिङ नुडल्स रेस्टुरेन्टको समारोह हलमा आयोजित भेलाबाट नवनिर्बाचित पदाधिकारीहरुमा अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष तेन्जी पाख्रिन, सचिव वासु लामिछाने, सहसचिव रोशनमणी राई, कोषाध्यक्ष भेष पुन र सहसचिव तुल बहादुर गुरुङ हुनुहन्छ । यसैगरी सदस्यमा सुश्री गङ्गामाया गुरुङ, गोबिन्द अर्मोजा,कमल गुरुङ, लाल प्रसाद गुरुङ र शिव प्रसाद गुरुङ चुनिनु भएकोछ ।
घोषणा समारोहमा नवनिर्बाचित पदाधिकारीहरुलाई वधाई सम्वोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युरोप सहइन्चार्ज कर्ण बहादुर शाहीले अहिले देशको सिङ्गो राजनीतिमा नेकपा माओवादी केन्द्रले लिएको सिद्धान्त र निति नै हावि भएको छ यो नै हाम्रो जीत हो भन्नुहुँदै जनताहरुका आम समस्याहरुको सम्वोधन र संविधान कार्यान्वयनको निकास क.प्रचण्डको नेतृत्वको सरकारले नै दिनसकेको कुरा चर्चा गर्नु भयो । यसैगरी अर्का केन्द्रीय सदस्य क.सुरेन्द्र श्रेष्ठ र नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन नेपालका केन्द्रिय उपाध्यक्ष साहित्यकार सुरेश जंग शाहले देश अत्यन्त सम्वेदनसिल रहेको वर्तमान अवस्थामा सबैको सकारात्मक सोच र प्रयासको आवश्यक्ता रहेकोकुरा चर्चा गर्नुहँदै नेकपा माओवादी केन्द्रको सतप्रयासबाट नै देशले गति लिन थालेको कुराबताउनु भयो ।
सभापतिको आसनबाट वोल्नुहुँदै नेकपा माओवादी केन्द्र युके का अध्यक्ष रणबहादुर केसी, नवनिर्बाचित पदाधिकारीहरुको नाम घोषणा गर्नुहुँदै जनप्रगतिसिल मन्च युके का अध्यक्ष सुरेश गौतम र नेकपा माओवादी केन्द्र युकेका उपाध्यक्ष मानबहादुर गुरुङले नेकपा माओवादी केन्द्रको गौरवशाली इतिहास अगाडि बढाउने र सहिदको सपना साकार पार्ने दाइत्व हामी सबैले आ-आफ्नो क्षेत्रबाट पुरा गर्नका लागि नै संगठन बिस्तार गरिएको कुरा औल्याउनुहुँदै नवनिर्बाचित पदाधिकारीहरुबाट पार्टीको घोषित कार्यक्रमहरुलाई सफल पार्न दृढ्ताका साथ लागिपर्नु हुनेछ भन्ने विस्वस व्यक्त गर्नु भयो ।
यस अघि पहिलो चरणको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युके पार्टी इन्चार्ज पूर्ण लोक्सम, अर्का केन्द्रीय सदस्य दधिराज घिमिरे, युके जिल्ला कमिटी कोषाध्यक्ष पदम राई, सहकोषाध्यक्ष कपिल श्रेष्ठ, सदस्य विनोद ज्ञवाली, विलास लामिछाने लगायतका सहभागिहरुले छलफलमा आआफ्नो विचार राख्नु भएको थियो । बैठकले आउँदै गरेको एन आर एन निर्बाचनलाई सक्रय सहयोग पुराउने समेत निर्णय गरेको छ ।
बैठकको अध्यक्षता अध्यक्ष रणबहादुर केसीले गर्नु भएको थियो भने संचालन महासचिव शेरसिंह ठकुरी र उपाध्यक्ष मान बहादुर गुरुङले गर्नु भएको थियो । नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको बेलायतको सबै भन्दा पुरानो र जुझारु संगठन प्रगतिशिल नेपाली समाज यूकेको यस अघि सम्पन्न भएको अधिवेसनले नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मंच, बेलायतको गठन गरेको थियो र सो पश्चात पार्टीले क्षेत्रीय समिति निर्माण कार्य तिव्र बनाएको छ।