६ बैशाख २०८१, बिहीबार
Follow Us

बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७३, शुक्रबार ०५:३८

धनकुटा । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो ।
सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।