८ बैशाख २०८१, शनिबार
Follow Us

राजपाको बन्दले दुई नम्बर प्रदेशको जनजीवन ठप्प

नेपालब्रिटेन डट कम्
१ असार २०७४, बिहीबार ०६:५९

काठमाडौं । निर्वाचनमा सहभागी नहुने र आन्दोलनमा जाने घोषणा गरेको राष्ट्रिय जनता पार्टीले तीन दिनदेखि आब्हान गरेको आम हडतालका कारण दुई नम्बर प्रदेशका अधिकांश जिल्लाको जनजीवन आजपनि प्रभावित भएको छ ।
बन्दका कारण बारा पर्सा, सप्तरी सिरहा रौतहट, जनकपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दकर्ताले आज विहान विरगञ्जमा एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।
बन्दकर्ताले ना १२ प चार दुई सात दुई नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् । वन्दका कारण तीनदिनदेखि बाराको जनजीवन पनि प्रभावित भएको छ ।
यसैबीच, आजदेखि संचालन भएको कक्षा ११ को परीक्षामा भने राजपाका कार्यकर्ताहरुले अवरोध गरेका छैनन् । आन्दोलनका कारण कलेजका बसहरु चल्न नसकेपछि अभिभावकले नीजि साधनमा विद्यार्थीलाई परिक्षा केन्द्रसम्म पुर्‍याएका थिए ।