२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनको समूहिक लगानीमा बन्दै गरेको २७ मेगावाट आयोजनाको आईपीओ बिक्री खुला

नेपालब्रिटेन डट कम्
१ असार २०७४, बिहीबार ०७:४९

हिमालयन पावर पार्टनर कम्पनीले असार १ गते बिहीबारदेखि सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । । एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो ।
कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि असार पाँच गतेसम्म आवेदन दिन पाईनेछ ।

कहाँ बाट गर्ने आवेदन ?

कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानी पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

सेयर आबेदन दिँदा सेयर राख्ने हितग्राही खाता नम्बर र बैंक खाता नम्बर आबश्यक पर्नेछ ।
यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

२१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।