१३ बैशाख २०८१, बिहीबार
Follow Us

लेखक संघको अध्यक्षमा श्रवण मुकारुङ

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७३, शुक्रबार ०५:५७

काठमाडौं । नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा निर्वाचित डा. नवराज लम्सालले तीन महिना नपुग्दै पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको कुरा संघले जनाएको छ ।