१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश नम्बर दुईको निर्वाचन असोज २ गते

नेपालब्रिटेन डट कम्
१ असार २०७४, बिहीबार १२:५२

काठमाडौं । सरकारले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले तेस्रो चरणको निर्वाचन प्रदेश नम्बर २ का आठ वटा जिल्लामा असोज दुई गते गर्ने निर्णय गरेको हो । त्यस्तै असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता असार ४ गतेका लागि सारेको छ । यसअघि सरकारले चार वटा प्रदेशको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको थियो । अव प्रदेश नम्बर एक, पाँच र सातमा असार १४ गते हुनेछ ।