१२ बैशाख २०८१, बुधबार
Follow Us

निर्वाचनको मिति सारिएकामा विरोध प्रदर्शन

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार ०९:०८

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले प्रदेश नं– २ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा आज यहाँ विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।
सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं– २ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताउनुभयो । अभियानमा उक्त प्रदेशका सबै जिल्लामा चुनाव केन्द्रित सभा गरी स्थानीय जनतालाई बुझाइने जनाइएको छ ।