७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल डे फेस्टिभलमा खिं बाजा

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७३, शुक्रबार ०६:०३

टोकियो-आउँदो अगस्त ६ र ७ का दिन टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा पोखराका प्रकाश लाल श्रेष्ठज्युले खिं बाजा बजाउने भएको छ ।
श्रेष्ठज्युले नेवा: खल -अर्घौं बजार पोखरा बाट खिं बाजा र गाइजात्रामा नचाउने तायमचा नाच सिकी नेपालमा छँदा हरेक वर्ष गाईजात्राको सांस्कृतिक कार्यक्रममा सक्रिय रुपमा सहभागि हुनु भएको कुराको जानकारी दिनु भयो ।
हाम्रो कला संस्कृति लाई प्रोत्साहन दिन उहाँ जस्तै कलाकारलाई खिं बाजा बजाउन स्थान दिनु भएकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापान लाई धन्यवाद दिनु भएको छ । हाम्रो सांस्कृतिक परम्परालाई बचाई राख्न पोखरामा नेवा: खल -अर्घौं बजारमा बिभिन्न नेवार बाजाहरु र गाईजात्रामा नाच्ने तायमचा नाच सिकाउन्दै आइरहेको छ ।