१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनताको हितका लागि कांग्रेसले अप्रिय निर्णय ग-यो

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार १३:१४

झापा । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, झापाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।”
काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहनुभएका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पु-याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।