१३ बैशाख २०८१, बिहीबार
Follow Us

पेट्रोल–डिजेलको मूल्य घट्यो

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार १५:०८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने छ । यसअघि १०१ रुपैयाँ ५० पैसा थियो । यस्तै, डिजेल र मट्टितेल लिटरमा १ रुपैयाँ ५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम गरिएको छ ।
यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा थियो । खाना पकाउने ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारअनुसार भारतीय आयल कर्पोरशेनले घटाएसँगै निगमले पनि मूलय समायोजन गरेको हो । पुसमा बढाएपछि मूल्य समायोजन गरिएको थिएन ।