१५ बैशाख २०८१, शनिबार
Follow Us

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने मुख्य योजनाकार कांग्रेस नेता बिमलेन्द्र निधि !

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार १५:१०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजपालाई निहुँ बनाएर सरकार नेतृत्व नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा निर्वाचन रोकेको आरोप लगाएको छ ।
काठमाडौमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव ईश्वर पोखरलले कांग्रेसको स्वार्थका लागि प्रदेश–प्रदेशबीच मनोवैज्ञानिक विभाजन ल्याउने गरि निर्वाचन स्थगित गरिएको आरोप लगाएका हुन् ।
राजपालाई देखावटी पात्रका रुपमा उभ्याएर कांग्रेस नेता बिमलेन्द्र निधिले निर्वाचन सार्ने तारतम्य मिलाएको उनको दावी थियो । महासचिव पोखरेलले लोकतन्त्र र जनअधिकारको खिल्ली उडाएर अपराधकर्मलाई राजनीति नठान्न कांग्रेसलाई आग्रह पनि गरे । एमालेले आफू जित्न भन्दापनि स्थानीसहित तीनवटै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने पक्षमा आवाज उठाइरहेको महासचिव पोखरेलको भनाइ थियो ।