८ बैशाख २०८१, शनिबार
Follow Us

राजपा निर्वाचनमा सहभागी नहुने, २ नम्बर प्रदेशको शक्ति ५ मा लगाएर चुनाव बिथोल्ने

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार १५:२०

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ । राजपाको आज काठमाडौंमा बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको निर्णयलाई ‘अमान्य’ घोषणा गर्दै निर्वाचन बिथोल्ने गरी घोषणा गरिएका कार्यक्रम जारी राख्ने निर्णय लिएको हो ।
माग पूरा नभएसम्म आन्दोलनको विकल्प नरहेको दोहोर्‍याउँदै राजपाले निर्वाचनमा भाग नलिने पूर्व अडानलाई निरन्तरता पनि दिएको छ । असार १४ सम्मका पूर्वघोषित आन्दोलनका कार्यक्रम यथावत् रहने बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको वक्तव्यमा उल्लेख छ । राजपाले २ नम्बर प्रदेशको शक्ति निर्वाचन हुने क्षेत्रमा प्रयोग गरेर निर्वाचन बिथोल्ने बताएको छ । राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेको थियो । दुई गतेको उम्मेदवारी दर्ता शुक्रवारका लागि सरेकाले राजपाले त्यस दिनका लागि निर्धारित कार्यक्रम भोलि गरिने जनाएको छ ।