७ बैशाख २०८१, शुक्रबार
Follow Us

​कतारमा नेपाली श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार ०७:३५

काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने बताउनुभएको छ । नेपाली राजदूतावास दोहाले शुक्रबार आयोजना गरेको नेपाली कामदारको सुरक्षा र हकहित संरक्षणका साथै कानुनी तथा व्यवहारिक पक्ष बारेको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नेपाल र कतारबिचको श्रम सम्बन्धलाई थप बलियो बनाउने पनि उहाँले बताउनुभयो ।
द्विपक्षीय सम्बन्धलाई बढाउने सिलसिलामा विद्यमान कानुनी व्यवस्था, संस्थागत संरचना र कामदारले भोग्नुपरेका प्रमुख समस्याहरु र त्यसका समाधानका लागि दूतावासले खेल्नु पर्ने भूमिकाको विषयमा कतारमा कार्यरत नेपाली समुदायसँग अन्तर्क्रिया गरिएको नेपाली दूतावास, दोहाले जनाएको छ ।