१५ चैत्र २०८०, बिहीबार
Follow Us

दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १२:२५

काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरी असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले असार १४ गते एक महानगरपालिका, सात उपमहानगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुने बताए ।
उम्मेदवारी मनोनयनका लागि भोलि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म समय तोकिएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुनेछन् ।
त्यस्तै, निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थलमा आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिव ७ हजार ८९ जनालाई अनुमति दिएको छ ।