११ बैशाख २०८१, मंगलवार
Follow Us

दुखान्त घटनाहरुका कारण बेलायतमा राष्ट्रव्यापी रुपमा उदासिनता छाएको छ : महारानी

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १४:५९

लण्डन । बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताउनुभएको छ ।
शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइदै आएकोे जन्मोत्सवका अवसरमा दिनुभएको सन्देशमा महारानीले भन्नुभएको छ, “पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको छ । परम्परागत रूपमा आज खुशी मनाउने दिन हो तर केही महिना यता भएका दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभुति भएको छ यसका कारण सवैमा उदासिनता छाएको र यसबाट भाग्न मुश्किल भएको छ ।”
बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ । महारानीको वास्तविक जन्मदिन अप्रिलमा भएपनि जन्मदिनलाई भब्य वनाउन राम्रो मौसमका लागि गृष्मकालिन आजको दिन (जुन १७) लाई भब्य समारोहकावीच मनाउने परम्परागत छ ।
कम्तिमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागी विरुद्धको विरोध प्रदर्शनपछि आएको महारानीको सन्देशमा भनिएको छ, “परिक्षणको बेला छ, कठीन परिस्थितिमा अधिराज्य अटल रहेको छ ।”
महारानी र राजकुमार विलियम्सले शुक्रबार स्वयंसेवकहरु, बासिन्दा र समुदायका प्रतिनिधिहरुसँग भट्नुभएको थियो ।
शनिबारको सन्देशमा महारानीले म्यानचेष्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरुलाई तत्काल सहयोग पुर्याउने मानिसहरुको तत्परताबाट आफू प्रभावित भएको बताउनुभएको छ ।”
“दुखका बेला हामी एकबद्ध भएका छौं, कसैलाई काखा पाखा नगरीकन र त्रसित नभैकन आफ्नो सर्वश्व गुमाएका प्रभावितहरुलाई सहयोग गर्न हामी उत्तिकै प्रतिबद्ध छौं, उहाँले भन्नुभयो ।”
गत बुधबार पश्चिम लण्डनस्थित आवासीय भवनमा आगलागी हुँदा कम्तिमा ३० जनाको ज्यान गुमेको र अझै केही वेपत्ता रहेका छन । दुर्घटनामा थप कति परे भन्ने आँकडा भने आइसकेको छैन ।
यसैवीच शुक्रबार केन्सिङ्टन क्षेत्रमा जाँदा प्रधानमन्त्री टेरिजा मेले दुर्घटनाप्रति उहाँको व्यवहारलाई लिएर आलोचना भएको छ । प्रधानमन्त्रीले घटनाको अनुसन्धान गरी तथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै आजै केही घाइते तथा मृतकका आफन्तसँग भेटी सान्त्वना दिनुभएको छ ।