१२ बैशाख २०८१, बुधबार
Follow Us

गुरुङलाई आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १५:०१

म्याग्दी । विषाक्त खानाका कारण श्रीमती र छोरा गुमाएका रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका पबबहादुर गुरुङलाई रु चार लाख ४१ हजार सहयोग जुटेको छ ।
गत जेठ १९ गते माइती गाउँ मँगला–५ छिस्वाङमा विषाक्त खाना खाँदा पबबहादुरको श्रीमती चिना र १४ महिने छोराको मृत्यु भएको थियो । विषाक्त खानाका कारण पबबहादुर सिकिस्त बिरामी भएका थिए । उहाँको उपचारका लागि पात्लेखर्क रिखार युवा क्लबले आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको हो । सो रकम रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी र नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले गुरुङकी आमा देविकलालाई आज हस्तान्तरण गर्नुभयो ।