१३ बैशाख २०८१, बिहीबार
Follow Us

दार्जिलिङको आन्दोलन हिंसात्मक, प्रहरीसहित चार नेपाली भाषीको मृत्यु

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १५:१५

दार्जिलिङ । भारतको पश्चिम बंगाल सरकारले विद्यालयमा बाङ्ला भाषा अध्ययन अनिवार्य गरेको विरोधमा दार्जिलिङमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको खबर प्राप्त भएको छ । मृत्यु हुनेमा विमल शाह शंकर, सुनिल राई र महेश गुरुङ रहेका छन् । यसैगरी सुरक्षाकर्मीतर्फ किरण तामाङको मृत्यु भएको हो । सेनाका गोली लागेर मृत्यु भएपछि दार्जिलिङ थप तनावग्रस्त बनेको छ । नेपाली भाषा संरक्षणका लागि सुरु भएको आन्दोलनको क्रममा प्रहरीले दुई दिनअघि गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेपछि आन्दोलन चर्किएको हो ।