६ बैशाख २०८१, बिहीबार
Follow Us

भीषण आगलागी

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०३:३९

भक्तपुर । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११:३० बजेबाट सुरु भएको आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी रहेका छन् । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।