१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ग्रेनफेल टावर आगलागीमा अझै ५८ जना बेपत्ता

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०३:४४

लन्डन । लन्डनको ग्रेनफेल टावरमा भएको आगलागीमा परेका अझै ५८ जना हराइरहेको प्रहरीले जनाएको छ । लन्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले हराएकाहरु जीवित भेटिने सम्भावना कम रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताए । घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ । ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ ।
आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक हप्तासम्म लाग्ने बताइएको छ । यसैबीच बेलायती प्रधानमन्त्री टिरेजा मेले आगलागीको सुरुवाति चरणमा पीडितलाई सरकारको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकार गरेकी छन् । स्वयम्सेवकसँगको भेटवार्तापछि प्रधानमन्त्री मे ले वक्तव्य जारी गरेर सुरुवाति चरणमा सरकारको तर्फबाट केही कमजोरी भएको स्वीकार गरेकी हुन् ।
आगलागीका कारण ग्रेनफेल टावरमा बस्दै आएका मानिस घरबारबिहीन भएका छन् । १ सय २७ फ्ल्याट रहेको २४ तले टावरमा आगलागी भएको हो ।