१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यती कार्पेटमा पुनः आगलागी

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०९:५८

भक्तपुर । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ । भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो ।
पुनः लागेको आगोले कारखानासँगै रहेको कृष्णराम पाँटीको तीनतले घरमा समेत क्षति पुगेको छ । अपराह्नको आगो आधा घन्टापछि जुद्ध वारुणयन्त्र भक्तपुरका दुई दमकल र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको एक ट्यांकरको सहायताले नियन्त्रणमा लिइएको थियो ।