१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजपाका नेता कार्यकर्ताविरुद्ध मुद्दा

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार १५:२८

उर्लाबारी । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले अवान्छित गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का १४ जना नेता कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरु विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताउनुभयो ।
राजपा नेता मोहम्मद कादिर, राधे कामतलगायतका विरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये अन्य १२ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गर्न गएका बेला उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।