१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकारका लागि अमेरिकामा आठ हजार डलर संकलन

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार २१:२६

हाेमप्रसाद लम्साल, टेक्सास (अमेरिका)- नेपालमा कार्यरत पत्रकारहरुका लागि आवश्यक पर्दा सहयोग गर्न स्थापित नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा स्थापित कोषका लागि हिजो सम्पन्न नेजा नाईटमा आठ हजार अमेरिकी डलर संकलन भएको छ।

नेजाले नेपालमा जोखिममा काम गरिरहेका पत्रकारहरु जो दुर्घटनामा पर्दा, बिरामी हुँदा, वा मृत्यू हुँदा आवश्यक सहयोग गर्नका लागि स्थापित सो कोषको लागि टेक्सासको डालासमा आयोजित एक च्यारिटी सो मा उक्त रकम जम्मा भएको हो।

च्यारिटी सोमा स्पोन्सर र टिकट विक्रीबाट आठ हजार डलर संकलन भएको नेजाका अध्यक्ष भोला आचार्यले बताए। यस रकम आगामी दिनमा पत्रकार र उनका परिवारका लागि अवस्था हेरेर सहयोग गरिने भएकाले आगामी दिनमा अरु कार्यक्रमहरु पनि गर्दै यही रकममा थप गरिने अध्यक्ष आचार्यले बताए।

सो कार्यक्रममा चर्चित गायकहरु दिपेश किसोर भट्राई, विमल डागी, समिर आचार्य, हास्यकलाकार नारायण त्रिपाठी, नायिका साहारा कार्की, अदिति हमाल ठकुरी, अनु खड्का, गीता विर्लाकोटी लगायतले प्रस्तुति दिएका थिए।