१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा जथाभावी भ्यान चलाउँदा पैदल यात्रीको मृत्यु

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ०७:२५

काठमाडौं । लण्डनको उत्तरी क्षेत्रस्थित एक मस्जिद नजिकै एक जना चालकले जथाभावी भ्यान चलाएर पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भ्यानको ठक्करबाट आठ जना घाइते भएका छन् । रातको समयमा लण्डनको दक्षिणी क्षेत्र सेभेन सिस्टर रोडमा मस्जिदबाट रमजामको प्रार्थना सकेर घर फर्कँदै गरेका सर्वसाधारणमाथि भ्यान चालकले जथाभावी गाडी चलाएको बताइएको छ ।
घटना लगत्तै भ्यान चालक पक्राउ परेका छन् । घटनाको प्रकृति हेर्दा आतंकवादी हमला हुन सक्ने आशंका लण्डन प्रहरीले गरेको छ । घटनापछि त्यस क्षेत्रको सडक पुरै खाली गराइएको छ । यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मे ले घटनाप्रति खेद प्रकट गर्दै छानबिन गर्न निर्देशन दिएकी छिन् ।
उनले आपतकालीन घोषणा गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् । लण्डनमा दुई साताअघि लण्डन ब्रिजमा आतंकवादी समूहले जथाभावी गाडी चलाई आठ जनाको हत्या गरेको थियो ।