१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ०७:२०

एनआरएन नेदरल्याण्ड्स को अध्यक्षमा ठाकुर शर्मा ‘मनोहरि’ ले उम्मेदवारी घोषणा गरेका छन् ।

जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकासलगायतका एजेन्डासहित मैदानमा उत्रिएका हुन् ।

आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङले उम्मेद्‍वारी घोषणा गरेका हुन् ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष उत्तम कँडेलले शर्मा र गुरुङलाई सहयोग गर्न अपिल गरेका छन् ।