१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेसी मोर्चा सरकारमा सहभागी हुँदैन”

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७३, शुक्रबार १५:५१

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताउनुभएको छ ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भन्नुभयो, “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै अब बन्ने सरकारलाई सहयोग गर्न सकिन्छ ।”
सरकार निर्माणबारे नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सात बुँदे सहमतिमा मधेसी मोर्चा सकारात्मक हुँदाहुँदै कार्यान्वयनमा शङ्का उत्पन्न भएको अध्यक्ष महतोको भनाइ छ ।