७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन टावर आगलागीमा मृतक संख्या ७९ पुग्यो

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार १०:४३

लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक रहेको २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी हुंदा मर्नेको संख्या ७९ पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ । अस्पतालमा उपचारार्थ घाइते ३७ मध्ये १२ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको र यसको वास्तविकता आउन समय लाग्ने जनाएको छ । अग्नी नियन्त्रकहरुले ७० जनाको सकुशल उद्दार गरेका छन् ।

नर्थ केन्जिङटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । भवनभित्र ४ देखि ६ सय मानिस रहेको हुन सक्ने अनुमान गरिएको छ । अझै मानिसहरु हराइरहेका छन् ।