१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानन्यायधीसको नाममा सहमति जुटेन

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ११:१८

काठमाडौं । भावि प्रधानन्यायधीसको नाममा सहमति जुटाउन संबैधानिक परिषद असफल भएको छ । आज सिंहदरबारमा बसेको परिषदको बैठकमा कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीसमा सिफारिस गर्न प्रमुख प्रतिपक्षि दलले असहमति जनाएपछि वैठक निस्कर्षमा पुग्न नसकेको हो ।
पराजुलीले उमेर सच्चाएको भन्दै एमालेले उनलाई प्रधानन्यायाधीस बनाउन नहुने अडान राखेको हो । सहमति प्रयासका लागि परिषदको अर्को बैठक आगामी पन्ध्र गतेका लागि बोलाइएको छ ।
न्यायपरिषदले पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको छ ।
तिमध्ये एक जनाको नाम संबैधानिक परिषदले चयन गरेर संसदीय सुनवाइ समितिलाई सिफारिस गर्नेछ । सुशीला कार्कीले उमेर हदले अवकास पाएपछि सर्बोच्चमा प्रधानन्यायाधीसको पद खाली रहेको छ ।