१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजेन्द्र महतोलाई पितृ शोक

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ११:२४

सर्लाही । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई पितृ शोक परेको छ । उनका बुबा खोभारी महतोको आज बिहान पाँच बजे एकसय वर्षको उमेरमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकाको बैलवासमा निधन भएको हो ।
राजेन्द्र महतोका ठूलो दाई महेन्द्र महतोको घरमा उनको निधन भएको हो । उनको आजै बागमती कर्मैया घाटमा अन्तिम संस्कार गरिने बताइएको छ । अन्तिम संस्कारमा सहभागि हुन राजपाका शिर्ष नेताहरु पनि सर्लाही पुगेका छन् ।