१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार १५:४६

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको चुनावको लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामाथि सोमबार परको दाबी विरोधको छानबिनपछि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो ।
उम्मेदवारी फिर्ता लिन चाहनेलाई मंगलबारको समय दिइएको छ । उम्मेदवारी फिर्ता पछि मंगलबार नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।
आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि ३ वटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । आयोगको अनुसार झण्डै चार गुणा बढी उम्मेदवारी परेको छ । दलहरुले शनिबारदेखि नै चुनावी कार्यक्रम गरिरहेको भए पनि मनोनयनपत्र दर्ता र नामावली सार्वजनिक भएसँगै प्रचारप्रसार र कार्यक्रम झनै बढेको छ । चुनावको विरोधमा रहेका राजपा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिँदा चुनावको उत्साह बढेको हो ।