११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचन हुने ३५ जिल्लामा ४ दिन विदा

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ०४:४६

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागी निर्वाचन आयोगले निर्वाचन हुने ३५ जिल्लामा ४ दिन सरकारी तथा निजी शिक्षण संस्थानमा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ ।
आयोगले मतदानका लागि अधिकांश मतदान केन्द्र विद्यालय र क्याम्पसमा भएकोले उक्त विदाका लागि अपिल गरेको जानकारी दिएका छन् । त्यस्तै आयोगले असार १४ गते सार्वजनिक बिदा मिलानका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिकामा भएको झडपमा हंसबहादुर राउतको निधनप्रति शोक प्रकट गरेको छ । त्यस्तै निर्वाचनलाई शान्तिपुर्ण बनाउनका लागि संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ ।