१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठनमा नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ०८:०९

काठमाडौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। आइबार सम्पन्न प्रतिष्ठानको साधारण सभाले १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । मगर अघिल्लो कार्य समितिमा अध्यक्ष हुनुनुहन्थ्यो भने कृष्ण रानाभाट सचिव हुनुहुन्थ्यो ।
नवनिर्वाचित केन्द्रीय कार्य समितिको प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा पत्रकार नआनन्त प्रसाद अर्याल र महिला उपाध्यक्षमा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, पत्रकार राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको निर्वाचित हुनुभएको छ ।
पत्रकार छिरिङ मिङग्यूर शेर्पा , उत्सव वाग्ले, विनिता राई, डि।वि तामाङ, शर्मिला के।सी। थापा, राम चन्द्र घिमिरे, राम हरि भण्डारी, प्रकाश बराईली, सन्तोष दवाडी, भीम कुसारी केन्द्रिय सदस्यमा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा चर्चित गायीका विनिता राई , डिवी तामाङ, शर्मिला केसी थापा, कृष्ण राना भाट जस्ता कलाकारहरुले वेजोड सांगीतिक प्रस्तुति दिएका थिए । साथै पाच पोखरी विद्यालयका कलाकारहरुले समेत नृत्य प्रस्तुत गर्नुभएको थियो ।