१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनमय बन्यो कोपेनहेगन महतोदेखि घलेसम्म सबै उपस्थित

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७३, शुक्रबार २१:५९

एनआरएन युरोपको नवौं क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा डेनमार्कको राजधानी कोपेनहेगन एनआरएनका अभियन्ताहरूले भरिएको छ ।

अध्यक्ष शेष घलेदेखि दुबै उपाध्यक्ष, महासचिब, सचिब, महिला संयोजक, युरोप संयोजक, आइसीसी सल्लाहकार, आइसीसी सदस्य, एनसीसी अध्यक्षहरू र युरोपभरका प्रतिनिधिहरू कोपेन्हेगन उत्रिरिएका हुन् । यसै गरी एनआरएनका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक जिबा लामिछाने, पूर्व अध्यक्ष उपेन्द्र महतो, पूर्व प्रमुख संरक्षक एवं एनआरएन नेता राम थापा , पत्रकारहरू एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि आजै कोपेनहेगन आईसकेका छन् ।

कोपेनहेगन विमानस्थलनजिकैको हिल्टन होटलमा ३०-३१ तारिखमा सम्पन्न हुने उक्त बृहत् भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक कमिटीका सदस्य सोम सापकोटाले बताए ।

उपाध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, सचिब अर्जुन श्रेष्ठ, महिला संयोजक सपिला राजभंडारीलगायतका केन्द्रीय प्रतिनिधिहरूको एकै ठाउँको जमघटले एनआरएनको काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनको झल्को दिएको एक सहभागीले बताए ।

कार्यक्रमलाई उपलब्धिमूलक र व्यवस्थित बनाउन सम्पूर्ण साधनस्रोत र संयन्त्र प्रयोग गरिएको युरोप संयोजक कुल आचार्यले बताए ।

यसै बीच सम्मेलनका निम्ति आई पुगेका सम्पूर्ण पाहुनाहरूलाई नेपाली राजदूतावासले आज रात्रिभोजको व्यवस्थासमेत गर्यो ।

एक भव्य समारोहबीच भोलि सम्मेलनको उद्घाटन हुँदै छ ।